१८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट, १२ खर्ब ६० अर्ब राजस्व, साढे ५ खर्ब ऋण

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाण्डौ । सरकारले आउँदो आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आज संयुक्त सदनको बैठकमा आउँदो वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेश गर्नुभएको हो । चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ अर्थात् ६१ दशमलव ३१ प्रतिशत बजेट विनियोजन भएको छ । पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यो चालू वर्षको भन्दा २१ प्रतिशतले धेरै हो ।

आउँदो वर्ष सरकारले १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड रुपैयाँ ल्याउने बजेटमा उल्लेख छ । राजस्व र अनुदानबाट अपुग भएको रकम अर्थात् ५ खर्ब ४७ अर्ब ६७ करोड रुपैयाँ ऋण लिइने बजेटमा उल्लेख छ । यसमध्ये २ खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ वैदेशिक ऋण र ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण लिने बजेटमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्