रेडियो काठमाण्डु ९२.१ मेगाहर्ज नवौँ वर्षमा प्रवेश

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौँ, वैशाख १ । नयाँ वर्ष २०८२ को प्रारम्भसँगै रेडियो काठमाण्डु ९२.१ मेगाहर्ज, आफ्नो नवौँ वर्षमा प्रवेश गरेको छ। वि.सं. २०७३ सालको वैशाख १ गतेदेखि औपचारिक रूपमा प्रसारण सुरु गरेको यस रेडियोले आफ्नो आठ वर्षे यात्रा सफलतापूर्वक पार गर्दै नौ वर्षे यात्रामा पाइला टेकेको हो।

काठमाडौँको चाबहिलस्थित स्टुडियोबाट प्रसारण भइरहने रेडियो काठमाडौँ आज काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न जिल्लाहरूमा लोकप्रिय मात्रै नभई विश्वभर इन्टरनेटमार्फत नेपाली श्रोतामाझ एक चिनारु नाम बनेको छ। एफएम फ्रिक्वेन्सीका अतिरिक्त रेडियो फेसबुक लाइभ,रेडियो काठमाण्डु डटकम र खबर बुक डटकममा समाचार प्रकाशन समेत गर्दै आएको छ ।

“परिवर्तन सम्भव छ“ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको रेडियोले घण्टैपिच्छे ताजा खबर, शैक्षिक, सूचनामूलक, मनोरञ्जनात्मक तथा बहुभाषिक कार्यक्रमहरू प्रसारण गर्दै आएको छ। रेडियोका केही चर्चित कार्यक्रमहरू त देशभरका १०० भन्दा बढी एफएमहरूमा पनि सुन्न सकिन्छ।

स्टेसन प्रमुख चन्द्रमणि गौतमका अनुसार रेडियो काठमान्डुले “आवाज मात्रै होइन, दृश्यसहित हेर्न मिल्ने रेडियो”को अवधारणालाई स्थापित गर्न सफल भएको छ। उनका अनुसार, रेडियो काठमान्डुमा समाचारदेखि मनोरञ्जनसम्मका सबै कार्यक्रम श्रोताले अब सुन्न मात्र होइन, हेर्न पनि सक्ने वातावरण तयार गरिएको छ।

रेडियोका अध्यक्ष युपी लामिछानेले श्रोताहरूको चाहना र सुझावअनुसार कार्यक्रमहरूलाई अझ परिष्कृत, प्रभावशाली र श्रोतामैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्