पुरुष भलिबल : नेपाल दाेस्राे खेलमा पनि पराजित

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ४ असार । सेन्ट्रल एसियन भलिबल एसाेसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाली टाेली लगातार दाेस्राे खेलमा पराजित भएकाे छ ।

आज साेमवार घरेलु टोली किर्गिस्तानसँगकाे खेलमा नेपाल ३–१ को सेटमा पराजित भयाे । पहिलाे सेट किर्गिस्तानले २६–२४ ले जित्दा दाेस्राे सेट नेपालले २५–२१ ले जित्दै खेलमा फर्किने सङ्केत गरेकाे थियाे । तर नेपालले तेस्राे सेट २५–१८ र चौथो सेट २५–१६ ले हार्‍याे ।

नेपाल पहिलाे खेलमा मङ्गाेलियासँग ३–१ ले पराजित भएकाे थियाे । लगातार दोस्रो हारसँगै नेपाल अङ्कविहीन छ । अब नेपालले भाेलि मङ्गलवार इरानसँग, बिहीवार तुर्केमिनिस्तानसँग, शुक्रबार किर्गिस्तानको अर्काे टोली र आइतवार उज्वेकिस्तानसँग खेल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी