काठमाडौं, असोज १६ । विजयादशमीको काठमाडौँ उपत्यकाका सडकमा न्यून सवारी चलेका छन् ।
काठमाडौँबाट बाहिरका जिल्लामा दसैँ मनाउन जानेहरू गइसकेको र यही रहनेहरू घरघरमा टीका लगाउन व्यस्त रहेका कारण सडकमा न्यून सवारीसाधन आवागन भएको देखिन्छ । काठमाडौंका सडकमा निजी सवारी साधानको तुलनामा सार्वजनिक सवारी समेत निकै कम चलेका छन् ।
टीकाको समय सुरु भएपछि अन्य स्थानमा टीका लगाउन जाने र आउनेको चहलपहल भने केहि बढेको छ । दसैँको नवमीका दिनसम्म छ लाख ११ हजार पाँच सय ५७ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएको ट्राफिक कार्यालयले जनाएको छ ।





