टर्कीको वायुसेनाको सी–१३० हर्कुलस सैन्य कार्गो विमान जर्जिया–अजरबैजान सीमानजिक दुर्घटनाग्रस्त भएको छ।
अनुसार विमानमा उडान टोलीसहित २० सेना सवार रहेकोमा केहीको मृत्यु भएको अलजजिराले जनाएको छ।
टर्कीको रक्षा मन्त्रालयले एक्समार्फत जानकारी दिँदै अजरबैजानबाट उडान भरेको एक सी–१३० सैन्य कार्गो विमान दुर्घटना भएको बताएको छ। अजरबैजान र जर्जियाका अधिकारीहरूसँग मिलेर संयुक्त उद्धार कार्य सञ्चालन भइरहेको छ। जर्जिया एयर नेभिगेसन अथोरिटीले बताएअनुसार विमान जर्जियाको हवाई क्षेत्रमा प्रवेश गरिसकेपछि त्यससँगको राडार सम्पर्क टुटेको थियो।
जर्जियाको इन्टरप्रेस न्युज एजेन्सीका अनुसार, विमान पूर्वी जर्जियाको काखेती क्षेत्रमा अवस्थित सिघनाघी इलाकामा खसेको थियो।





