इजरायली आक्रमणमा लेबनानको हिजबुल्लाहका शीर्ष कमाण्डरको मृत्यु

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, ८ मंसिर । इजरायली आक्रमणमा लेबनानको हिजबुल्लाह समूहका एक शीर्ष कमाण्डर मारिएका छन् । लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा इजरायलले हवाई आक्रमण गरेको थियो। जसमा हिजबुल्लाह समूहका चिफ अफ स्टाफ हैथम अली अल–तब्तबाई मारिएका हुन्।
सो आक्रमण घना आवादी रहेको दहिह क्षेत्रको आवसीय भवनमा भएको थियो।

उनी हिजबुल्लाका विभिन्न पदमा बसेर काम गरेका पुरानो सदस्य रहेको इजरायली दाबी छ। हिजबुल्लाह समूहले तब्तबाईको मृत्यु भएको पुष्टि गर्दै इजरायलले रातो घेरा पार गरेको प्रतिक्रिया दिएको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयलय इजरायली आक्रमणमा कम्तीमा ५ जना मारिएको र २८ जना घाइते भएको बताएको छ। युद्धविराम जारी रहेका बेला हिजरायलले हिजबुल्लाह समूह लक्षित आक्रमणलाई तीव्र बनाएको बीबीसीले जनाएको छ। एजेन्सी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी