क्युबाली सरकारले भेनेजुएलामा अमेरिकी सैन्य कारवाहीमा ३२ जना आफ्नो सेना र प्रहरी अधिकारीको मृत्यु भएको आधिकारिक रूपमा पुष्टि गरेको छ।
क्युबाली अधिकारीहरू भेनेजुएलाको सरकारको अनुरोधमा त्यहाँ सुरक्षा र सैन्य कार्यमा संलग्न थिए। क्युबाली सरकारी टेलिभिजनमार्फत जारी विज्ञप्तिमा भनिएको छ, हाम्रा नागरिकहरूले आफ्नो जिम्मेवारी इमानदारी र वीरतापूर्वक पूरा गरे। उहाँहरू प्रत्यक्ष लडाइँ वा सुविधामा भएको बमबारीमा ज्यान गुमाए। उहाँहरूले आफ्नो कर्तव्य सम्मानपूर्वक निर्वाह गरे।
घटनापछि क्युबाले दुइ दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। हाभानामा सार्वजनिक कार्यक्रम र सरकारी समारोहहरू स्थगित गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने,ुअर्को पक्षमा धेरै जनाको मृत्यु भयो, तर हाम्रो पक्षमा कोही मरेको छैन।ु यसले अमेरिकी अभियानको सफलता र पक्षपात रहित रहनुपर्ने नीति स्पष्ट पार्ने प्रयासको सङ्केत गर्दछ। एजेन्सी





