आज लुम्बिनी प्रदेश स्थापना दिवस, प्रदेशभर सार्वजनिक बिदा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौँ । आज लुम्बिनी प्रदेश स्थापना दिवस मनाइँदैछ।

यस अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

प्रदेश स्थापना दिवसको शुभकामना सन्देशमा मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरण र सफल अभ्यास लुम्बिनी प्रदेशबाट सम्भव भएको सन्देश देशभर दिन सफल भएको बताएका छन्। उनले प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र जनउत्तरदायी बनाउने दिशामा सरकार दृढताका साथ अघि बढिरहेको स्पष्ट पारे।

मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश सरकार गठनपछि संविधानले दिएको अधिकारको कार्यान्वयनका लागि आवश्यक ऐन, कानुन र नीतिगत संरचना निर्माण गरिएको छ। पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै सन्तुलित विकासमा जोड दिइएको उनले बताए।

सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई सरकारको मुख्य आधार बनाइएको उल्लेख गर्दै उनले चालु खर्च नियन्त्रण र पुँजीगत खर्च वृद्धि गरी विकास आयोजना अघि बढाइएको जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्