अमेरिकी सैन्य विमान इराकमा दुर्घटना हुँदा चार जनाको मृत्यु

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

इराकमा अमेरिकी सेनाको एक सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको पुष्टि भएको छ। अमेरिकी सेनाको केन्द्रीय कमान्ड युनाइटेड स्टेट्स सेन्ट्रल कमान्डले यस घटनाबारे जानकारी दिएको हो।

दुर्घटनामा परेको विमान बोइङ केसी–१३५ स्ट्राटोट्याङ्कर प्रकारको रिफ्युलिङ (इन्धन भर्ने) विमान रहेको बताइएको छ। यो विमान पश्चिमी इराकमा दुर्घटनाग्रस्त भएको हो।

युनाइटेड स्टेट्स सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै मार्च १२ का दिन दिउँसो करिब २ बजे उक्त विमान दुर्घटनामा परेको जनाएको छ।

विमानमा सवार छ जना चालकदलका सदस्यहरूमध्ये चार जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने अन्य सदस्यहरूको उद्धार तथा खोजी कार्य जारी रहेको बताइएको छ।

कमान्डका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी