काठमाण्डौं, ७ चैत । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनलाई ‘नौरोज’ पर्वको अवसरमा शुभकामना दिएका छन् ।
उनले शनिबार एक सन्देश पठाउँदै मस्को र दुशान्बे बीचको रणनीतिक साझेदारी मध्य एसियाको सुरक्षा र स्थिरताका लागि मेरुदण्ड भएको बताएका छन् ।
ताजिकिस्तानी राष्ट्रपतिको प्रेस सेवाद्वारा आज शनिबार सार्वजनिक गरिएको सन्देशमा पुटिनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धले दुवै राष्ट्रको मौलिक हितलाई सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रपति पुटिनले ताजिकिस्तानका सबै नागरिकहरूको समृद्धि र सुखको कामना गर्दै राष्ट्रपति रहमोनको सुस्वास्थ्य र सफलताको शुभेच्छा प्रकट गरेका छन् ।





