इरानद्धारा इजरायलमाथि हालसम्मकै भीषण हमला, एक सयभन्दा बढी घाइते

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, ८ चैत । इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आइतबार बिहानैदेखि मध्य इजरायललाई लक्षित गरेर थालिएको हमलामा परेर कम्तीमा डेढ सय जना घाइते भएको इजरायली सेनाको रेडियोले पुष्टि गरेको छ ।

यसक्रममा ठूला ठूला भवनहरू क्षतिग्रस्त भएका छन् भने इजरायली ऊर्जा केन्द्रहरूलाई लक्षित गरेर हमला तीब्र पारिएको छ । अमेरिका र इजरायल मिलेर इरानका ऊर्जा तथा तेल खानीहरूमाथि हमला गरेपछि तेहरान जवाफी कारबाहीमा उत्रिएको हो । अल जजीराका अनुसार तेहरानको आक्रमणबाट इजरायलमा ठूला ठूला विष्फोटका आवाज सुनिएका छन् ।

इजरायली सेनाले इरानको दोस्रो हमला जारी रहेको र मिसाइलहरू आकाशमा निष्क्रिय पार्ने प्रयास भइरहेको जनाएको छ । धेरै मानिसलाई अस्पताल भर्ना गरिएको समेत सेनाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्