गायक कुमार पौडेलको नयाँ गीत ‘युपी विहार’ सार्वजनिक

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१३ वैशाख, काठमाडौं । नेपाली संगीत क्षेत्रमा सक्रिय गायक कुमार पौडेलको नयाँ गीत ‘युपी विहार’ सार्वजनिक भएको छ ।

लोक, पप र आधुनिक शैलीका गीतमार्फत परिचित पौडेलले यस गीतमा पनि आफ्नो स्वर प्रस्तुत गरेका छन् । याे गीतमा उनलाइ चर्चित गायिका शान्तिश्री परियारले स्वर भरेर साथ दिएकी छन् ।

पौडेलले हालसम्म दुई दर्जनभन्दा बढी गीतमा स्वर भरिसकेका छन् । उनी एक उत्कृष्ट स्टेज प्रस्तोता (परफर्मर) का रूपमा पनि परिचित छन् । साथै उनले भजन गायनमा समेत सक्रियता देखाउँदै आएका छन् ।

संगीत क्षेत्रमा योगदान दिँदै आएका पौडेलले विभिन्न विद्यालयमा पुगेर संगीत प्रशिक्षण समेत प्रदान गर्दै आएका छन् ।

‘युपी विहार’ गीतका शब्द रमेश परियारले लेखेका हुन भने संगीत पनि उनैले नै भरेका छन् । गीतको भिडियोमा सन्तोष दुवाडी, रञ्जित पौडेल, नितु परियार र प्रतिक्षा खत्रीको अभिनय देख्न सकिन्छ ।

पुरा भिडियाे हेर्नुहाेसः

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी