इरानले पाठएको नयाँ प्रस्तावप्रति खुशी छैनन् ट्रम्प

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१५ वैशाख, काठमाडौं । इरानले हालै अमेरिकालाई युद्ध समाप्त गर्नका लागि नयाँ प्रस्ताव पठाएको छ ।

तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प खुशी छैनन् ।

रोयटर्सले एक अधिकारीको हवाले दिँदै प्रस्तावमा इरानको परमाणु कार्यक्रमको जिकिर नगरिएका कारण ट्रम्प खुशी नभएका बताएको छ ।

यसअघि व्हाइट हाउसकी प्रवक्ता केरोलाइन लेविटले राष्ट्रपति ट्रम्पले इरानको प्रस्तावमाथि आफ्ना वरिष्ठ राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग छलफल गरिरहेका बताएकी थिइन् ।

यसैबीच अमेरिका र इरानबीच जारी संघर्षका कारण ऊर्जा आपूर्तिमा कमी आएको छ । अर्कोतिर पछिल्ला दुई दिनमा इरानका विदेशमन्त्री अब्बास अरागचीले पाकिस्तान, ओमान र रूसको यात्रा गरिसकेका छन् ।

इरानका लागि समर्थन जुटाउनु उनको भ्रमणको उद्देश्य रहेको बीबीसीले जनाएको छ ।

इस्लामाबादमा इरान र अमेरिकाबीचको दोस्रो चरणको वार्ता हुन सकेका थिएन ।  वार्ता हुन नसकेपछि ट्रम्पले इरानलाई आफ्नो प्रस्ताव फोनबाट पनि पठाउन सक्ने बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्