दिल्ली क्यापिटल्सलाई ८ विकेटले हराउँदै कोलकाता विजयी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२६ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सहज जित निकालेको छ।

गएराति दिल्लीमा सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले हराउँदै कोलकाता विजयी भएको हो। दिल्लीले दिएको १ सय ४३ रनको लक्ष्य कोलकाताले १४ ओभर २ बलमा २ विकेट गुमाएर पूरा ग¥यो।

कोलकाताका फिन एलेनले सर्वाधिक एक सय रनको शतकीय पारी खेले। यस्तै, क्यामरुन ग्रीनले ३३, अजिन्क्या रहाणेले १३ रन जोडे। दिल्लीका अक्षर पटेले १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो।

दिल्लीका पथुम निसान्काले ५० रनको अर्धशतकीय इनिङ खेले। यस्तै, आशुतोष शर्माले ३९ र अक्षर पटेलले ११ रनको योगदान दिए। कोलकाताका कार्तिक त्यागी र अनुकूल रोयले २–२ तथा क्यामरुन ग्रीनले १ विकेट लिए।

यो जितसँगै कोलकाता नाइट राइडर्स १० खेलबाट ९ अंकसहित तालिकाको सातौँ स्थानमा छ। एक खेल बढी खेलेको दिल्ली क्यापिटल्स ८ अंकका साथ आठौँ स्थानमा छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्