२७ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभाले नेपाल प्रिमियर लिगका दुवै संस्करणको आयव्यय विवरण पारित गरेको छ ।
साधारण सभाबाट सर्वसम्मतिले आयव्यय विवरण पारित भएको प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
क्यानको वार्षिक साधारणसभा आजबाट विराटनगरमा सुरु भएको हो । साधारणसभाले क्यानको २०८१÷८२ को वार्षिक लेखापरीक्षण प्रतिवेदन अनुमोदन गर्ने निर्णय पनि गर्यो ।
यसैगरि, केन्द्रीय कार्यसमितिबाट पेश भएको २०२६ को वार्षिक कार्यक्रम, कार्ययोउजना र बजेट अनुमोदन भएको छ ।
उत्तm अवधिमा एसीसी वा आइसीसीबाट थप कार्यक्रम आएको खण्डमा वार्षिक कार्यक्रम र बजेटमा समायोजन गरी कार्यन्वयन गर्न केन्द्रीय कार्यसमितिलाई अख्तियारी दिने निर्णय भएको छ ।
यसैगरि, साधारणसभाले सिद्धार्थ बैक नेपाल प्रिमियर लिगबाट प्राप्त आम्दानीबाट सम्पूर्ण ४५ जिल्ला क्रिकेट संघहरुलाई २ लाखको दरले रकम उपलब्ध गराउने निर्ण गरेको छ ।
यस्ता छन् निर्णयहरुः






