६ सहकारीलाई १५ दिनभित्र कार्यालय खाली गर्न काठमाडौं महानगरको निर्देशन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं महानगरपालिकाले विभिन्न ६ वटा सहकारी संस्थालाई आफूहरूले बहालमा लिएको घर, कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ। 

महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागले बुधबार सूचना जारी गर्दै सहकारी संस्थाका पदाधिकारी, कर्मचारी तथा सदस्यहरूलाई १५ दिनभित्र महानगरको सम्पर्कमा आउन आग्रह गरेको हो।  

महानगरका अनुसार न्यायिक समितिले यसअघि  सहकारी संस्थाले भाडामा लिएका कार्यालय खाली गराउनुपर्ने निर्णय गरिसकेको थियो। सोही निर्णय कार्यान्वयन गर्न गत जेठ १३ गते बसेको निर्णय कार्यान्वयन समितिको बैठकले १५ दिने म्यादसहित सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको जनाएको छ।  

महानगरको कारबाही सूचीमा वडा नम्बर ३ मा रहेको सत्कार सहकारी संस्था लिमिटेड, वडा नम्बर १५ को अमृताम्भ बचत तथा ऋण सहकारी संस्था, वडा नम्बर २२ को हिराखुसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, वडा नम्बर ३२ मा सञ्चालित मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नवल सवल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पञ्चरूपा बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन्।  

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी