धवलदाइ मेरो ‘गार्जिएन’ हो, हामी एक भयौं : दुर्गा प्रसाईँ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२२ जेठ, काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईँ र राप्रपा परित्याग गरेका डा. धवलशमशेर राणाबीच एकता भएको छ । आज एक कार्यक्रमबीच उनीहरूले एकताको घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रसाईँले धवल शमशेर आफ्नो अभिभावकजस्तो रहेको बताए । अब आफूहरू सहयात्रा जुटेको उनको भनाइ छ ।

उनले भने, ‘हामीबीच केही पनि भागबण्डा गर्नु छैन । हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो ।’

प्रसाईँले आफ्नो समूहका कार्यकर्ताहरूलाई आजदेखि धवलशमशेरलाई पनि नेता मान्न निर्देशन दिए । अहिले एकथरिले रास्वपाले राजसंस्था र हिन्दूराष्ट्र ल्याउने हल्ला फैलाइरहेको भन्दै उनले यसमा विश्वास नगर्न प्रसाईँले आग्रह गरे ।

प्रसाईँको नागरिक बचाउ महाअभियान धवलशम्शेर समूहबीच समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी