२२ जेठ, काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि उठेका विवादित विषयहरुको निरुपण गर्न गठित अध्ययन तथा छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।
गुरुङको सम्पत्ति विवरण समेत केलाएर समितिले ४५ पेजको प्रतिवेदन तयार गरेको हो ।
मन्त्रिपरिषद बैठकले गुरुङमाथि छानबिन गर्न पूर्वन्यायाधीश अच्युतमप्रसाद भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए । सुरुमा १५ दिनको म्याद पाएको समितिले फेरि ५ दिनको म्याच थपेर छानबिन पूरा गरेको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतले प्रतिवेदनको निस्कर्ष ‘सकारात्मक’ रहेको बतायो । उनी फेरि गृहमन्त्रीमा फर्किन बाटो खुलेको पनि स्रोतको दाबी छ ।
विवादमा परेपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसयता प्रधानमन्त्री बालेन्द्र शाहले गृह मन्त्रालय आफैसँग राखेका छन् ।
गुरुङकै लागि प्रधानमन्त्रीले गृहलाई होल्ड गरेको अनुमान र आशंकाहरु हुँदै आएका थिए ।
गुरुङ स्वयम् पनि फेरि गृहमन्त्री पदमा फर्किनेमा ढुक्क देखिएका छन् ।
अब ५ वर्ष आफूलाई कसैले हल्लाउन नसक्ने दाबी उनले निकटस्थहरुसँग गरिरहेका छन् ।





