प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्न: सभापति लामिछाने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२५ जेठ, काठमाडौं ।  सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र साह तत्काल संसद् आउन नसक्ने बताएका छन् ।

सोमवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनी दिएको अभिव्यक्तिबारे संसदमा नै आएर प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने अडान विपक्ष दलहरूले राखेपछि उनले तत्काल प्रधानमन्त्री संसदमा उपस्थित हुन नसक्ने बताएका हुन् ।

सभापति लामिछानेले सरकारको तर्फबाट उक्त विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने पनि बताए । परराष्ट्रमन्त्रीको जवाफ चित्त नबुझे आफूले जवाफ दिने सभापति लामिछानेको भनाई थियो ।

बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रतिपक्ष दल नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र साहमाथि उठाइएको प्रश्नको जवाफ परराष्ट्रमन्त्री खनालले दिने बताएको जनकारी दिए ।

उनले प्रधानमन्त्री साह तत्काल संसदमा आउन नसक्ने पनि बताए । बैठकले आफूहरूले प्रधानमन्त्रीले जवाफ नदिई अघि बढ्न नसकिने कुरा राखेको पनि प्रमुख सचेतक महरले बताए ।

बैठकमा सभापति लामिछानेले आफ्नो भारत भ्रमणबारे ब्रिफिङ गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी