बिवाईडीको कर प्रकरणमा एमालेको दाबी- ठोकेर भन्न सक्छौँ, घोटाला भएको छ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२५ जेठ, काठमाडौं । नेकपा एमालेले संसद् छलेर करका दर हेरफेर गरेकोप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पद्मा अर्यालले आर्थिक विधेयकको १६ पृष्ठ परिवर्तन गरिएको भन्दै आपत्ति जनाइन् ।

उनले भनिन्, ‘करका दर रेटहरू फेरबदल गरियो । चाइनाको बीवाईडी गाडीको घोटाला भएको कुरा सडकभरी छताछुल्ल भएको छ । भन्सारलाई सेटिङ मिलाएर, कागज मिलाएर, गाडी नआउँदै रातारात घोटालाको खेल भएको छ । यो गम्भीर विषय हो । बीवाईडी गाडीको प्रकरणमा शङ्का मात्रै होइन, स्पष्ट सङ्केत देखिएको छ। त्यहाँ घोटाला भएको छ हामी ठोकेर भन्न सक्छौँ ।’

संसद्मा एउटा अङ्क राख्ने, मन्त्रालय फर्केर अर्को अङ्क राख्नुको उद्देश्यले के हो ? भन्दै उनले प्रश्न गरिन्।

अर्यालले थपिन्, ‘यो कसको फाइदाका निम्ति यस्ता खालका अङ्क फेर्ने काम गरिन्छ ? यसको जवाफ कसले दिने ? कृषिमन्त्रीले दिने कि, स्वास्थ्यमन्त्रीले दिने कि, पूर्वाधार विकास मन्त्रीले दिने कि, अनि स्वयं अर्थमन्त्रीले दिने ? आज रातारात करछली गरेर राज्यलाई ठग्ने ? आर्थिक रूपमा अपराध हो ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी