२५ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ट्राफिक कारबाहीमा परेका छन् ।
लापरवाहीसाथ सवारी चलाएको कसूरमा उनीलाई ५०० जरिवाना गरिएको प्रहरीले जनाएको छ ।
सामाजिक सञ्जालबाट ट्राफिक नियम पालना नगरी सवारी चलाएको गुनासो आएपछि उनलाई कारबाही गरिएको प्रहरीको भनाई छ ।
एक हातले मोटरसाइकल चलाउँदै भिडिओ खिच्दै गरेका साम्पाङ केहीदिन अघि दुर्घटनामा परेका थिए ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ (१) ‘ङ’ १८ (लापरवाहीपूर्ण तरिकाले सवारी चलाएको कसुर) बमोजिम पहिलो पटक कसुर गर्नेलाई रु. ५००, दोस्रो पटकलाई रु. १,००० र तेस्रो पटक वा सोभन्दा बढी पटक कसुर गरेमा रु. १,५०० जरिवाना हुन्छ ।





