२६ जेठ, काठमाडौं । सरकारले निजामती कर्मचारीहरुको ट्रेड युनियन अधिकारलाई नियमावलीबाट पनि खारेज गरेको छ ।
मन्त्रिपरिषदको मंगलवारको बैठकले निजामती सेवा निमावलीको १६ औं संशोधन स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए । सो संशोधनमा कर्मचारीहरुको ट्रेड युनियन अधिकार खारेज गरिएको छ ।
यसअघि अध्यादेशमार्फत सरकारले खारेज गरेकोमा सर्बोच्च अदालतको अन्तरिम आदेशबाट रोकिएको छ ।





