२६ जेठ, काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् ।
राष्ट्रपति कार्यालयले उनले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीको रूपमा शपथ गर्नेगरी पत्र प्राप्त भएको बताएको छ ।
यसअघि उनी सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा शिक्षामन्त्री बनेका थिए । तर आफ्ना केही विषय सम्बोधन हुन नसकेको भन्दै उनले बीचमै मन्त्री पद छाडेर चुनाव लडेका थिए । पुन म्याग्दीबाट निर्वाचित भएका थिए ।
आजै गृहमन्त्रीमा सुधन गुरुङले समेत शपथ लिँदैछन् । उनीहरूको मंगलबार अपराह्न साढे ४ बजे शपथको कार्यक्रम तय भएको छ ।





