शेखर कोइरालाको सचिवालयले भन्यो–संस्थापन पक्षले सहमतिका लागि कुनै प्रस्ताव पठाएको छैन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाको सचिवालयले बाहिर चर्चा चलेजस्तो संस्थापन पक्षले सहमतिका कुनै प्रस्ताव नपठाएको जनाएको छ ।

सचिवालयले संस्थापन पक्षले सात बुँदे प्रस्ताव पठाइएकोबारे दिएको सूचना बाहिर मात्रै आएको बताएको हो ।

कोइरालाको सचिवालय प्रमुख दिनेशचन्द्र थपलियाले जनाए अनुसार कांग्रेस संस्थापन पक्षले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाएको भन्ने बारे डा. शेखर कोइराला र सचिवालय अहिलेसम्म बेखबर छ ।

‘यस्ता मनगढन्ते, कपोलकल्पित र भ्रामक सूचनाको भ्रममा कोही नपर्नुहोला,’ सचिवालयले भनेको छ, ‘कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति बनेपछि २०८२ चैत २२ गते प्रदिप पौडेल र २०८३ बैशाख २२ गते गगन थापाले नेता शेखर कोइरालालाई बिशालनगरस्थित सचिवालयमा आएर भेट्नुभएको हो । त्यस भन्दा पछाडि कोही कसैसँग कुनै पनि संवाद र सम्पर्क भएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्