२७ जेठ, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सदनको अवरोध हटाउन विपक्षी दलका नेताहरूसँग छलफल गरेका छन्।
सिंहदरबारस्थित संसद् भवनमा सभापति लामिछानेले प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसहित विपक्षी दलका नेताहरूसँग छलफल गरेका हुन्।
संवाद अहिले पनि जारी छ।
रविसँग छलफलमा बस्नुअघि विपक्षी दलका नेताहरूले बेग्लै छलफल गरेका थिए। सदनमा प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिको विरोध जनाउँदै विपक्षीले निरन्तर सदन अवरोध गर्दै आइरहेका छन्। बिहान ११ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन।





