परराष्ट्रमन्त्री खनालले गराए भारत भ्रमणबारे संसद्लाई जानकारी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो ३ दिने भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जानकारी गराएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा आफ्नो भारत भ्रमणबारे जानकारी गराएका हुन्।

उनले आफ्नो भारत भ्रमणका क्रममा भारतका विदेशमन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटघाट गरेको बताए। उनले आफ्नो भारत भ्रमण दुई देशबिचको सम्बन्ध सुदृढ गर्न फलदायी भएको विश्वास आफूले लिएको पनि बताए।

भ्रमणका क्रममा दुई पक्षबिच रहेको सम्बन्ध थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको जानकारी पनि उनले दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी