काठमाडौं । अमेरिकामा बस्दै आएका युवा समाजसेवी तथा हजारौँ दुःखी र बिरामीलाई सहयोग गर्दै आएका तारादेव डीसीको लगानीमा मौलिक तीज गीत ‘नाच भन्छे मैना’ सार्वजनिक भएको छ ।
तारादेव डीसीको लगानी तथा उनकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा गायक तथा सर्जक राजन कार्कीको शब्द तथा संगीत रहेको छ । चर्चित लोकदोहोरी गायिका तथा टिकटक स्टार सुजता सृजालको स्वर रहेको गीतमा याम थापा मगरको एरेन्ज रहेको छ ।
हरितालिका तीजलाई लक्षित गर्दै सार्वजनिक गरिएको ‘नाच भन्छे मैना’ छमछम नाच्न र रमाइलो गर्न मिल्ने शैलीमा तयार पारिएको छ । मौलिक नेपाली तीजको भाव, मनोरञ्जन र नृत्यलाई केन्द्रमा राखिएको गीतले दिदीबहिनीहरूको ध्यान आकर्षित गरिरहेको छ ।
गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल टिकटक तथा युट्युबमा यसको चर्चा बढ्दै गएको छ । विशेषगरी तीजको अवसरमा दिदीबहिनीहरूले ‘नाच भन्छे मैना’ गीतमा भिडियो बनाएर सामाजिक सञ्जालमा शेयर गर्न थालेका छन् ।
कुमार केसीको निर्देशनमा तयार भएको गीतको भिडियोमा अजय रेग्मीको छायांकन तथा अमृत चापागाईको सम्पादन रहेको छ । सुरेश पाण्डेको कोरियोग्राफी रहेको भिडियोमा तिर्सना बराईली र अशोक पौडेल फिचर्ड छन् ।
मौलिक तीज गीतको प्रवर्द्धनसँगै समाजसेवा क्षेत्रमा सक्रिय तारादेव डीसीको सांगीतिक लगानीलाई पनि सकारात्मक रूपमा हेरिएको छ । ‘नाच भन्छे मैना’ ले आगामी दिनमा थप दर्शक तथा श्रोताको माया पाउने अपेक्षा गरिएको छ ।
भिडियो





