१२ भदौ, काठमाडौं । बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्ग अन्तर्गत गल्छी-मलेखु सडक खण्ड आंशिक खुलेको छ ।
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालका अनुसार उक्त सडकखण्डमा थुप्रिएको लेदो पन्छाएर पहिलो चरणमा अत्यावश्यक सवारीसाधन आवागमन पुन: सुरु गरिएको छ ।
राजमार्गमा अलपत्र सवारीसाधन समेत सुरक्षित गन्तव्यतर्फ पठाइएको छ । लेदो पन्छाउने र सडक खुलाउने कामसँगै पृथ्वी राजमार्ग सञ्चालनमा आएको उनले जानकारी मन्त्री लम्सालले जानकारी दिए ।





