नदीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । धादिङमा नदीले बगाएर ल्याएको सेफ फोड्ने २९ जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद भएको छ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले जानकारी दिएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्