चीनले नेपाललाई २० लाख अमेरिकी डलर नगद सहयोग पठाउँदै

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१३ भदौ, काठमाडौं । चीनले बाढी तथा पहिरो प्रभावित नेपाललाई २० लाख अमेरिकी डलर नगद सहयोग उपलब्ध गराउने भएको छ।

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार चीनले राहत सामग्री बोकेका दुईवटा कार्गो विमान र सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोलीसँगै उक्त नगद सहयोग नेपाल पठाउन लागेको हो।

यसअघि अन्य मुलुकले पनि नेपाललाई राहत तथा सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन्। भारतले राहत सामग्री नेपाल पठाइसकेको छ भने थप आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्