१३ भदौ, काठमाडौं । अपर त्रिशूली–१ जलविद्युत आयोजना (२१६ मेगावाट) मा कार्यरत बझाङका सिभिल इन्जिनियर जनक राज बोहरा रसुवामा आएको बाढीपछि सम्पर्कविहीन भएका छन्।
बझाङको केदास्यु गाउँपालिका–५ निवासी बोहरा Doosan कम्पनीमार्फत आयोजनामा सिभिल इन्जिनियरका रूपमा कार्यरत रहेको परिवारले जनाएको छ। बाढीपछि उहाँसँग सम्पर्क हुन नसकेपछि परिवारले खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरेको छ।
परिवारका अनुसार बोहराबारे कुनै जानकारी प्राप्त भएमा ९७४६३२६९९८ वा ९८६१७३८९७६ मा सम्पर्क गरी जानकारी गराइदिन अनुरोध गरिएको छ।
परिवारले जनक राज बोहराको खोजीमा सहयोग पुग्ने गरी यो समाचार तथा फोटो धेरैभन्दा धेरै शेयर गरिदिन समेत सबैमा आग्रह गरेको छ।





