काठमाडौं । रसुवा भोटेकोसीमा नदीको बहाब फेरि बढेको छ । बिहानैदेखि नदीको बहाब बढ्दो रहेको जिल्ला प्रहरी कार्यालय रसुवालाई उद्धृत गर्दै जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागले रसुवा, नुवाकोट, धादिङसम्मका नदी आसपासको क्षेत्रमा सतर्कता अपनाउन अपिल गरेको छ ।





