वीरगन्जको नारायणी अस्पतालबाट नवजात शिशु चोरी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

पर्सा । वीरगन्जस्थित नारायणी अस्पतालबाट एक दिने नवजात शिशु चोरी भएको छ।

आइतबार राति परिचय खुल्न नसकेकी एक महिलाले खेलाउने बहानामा अस्पतालबाट नवजात शिशु लिएर फरार भएको पर्सा प्रहरीले पुष्टि गरेको हो।

पर्सा प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर मल्लका अनुसार अन्दाजी ३५ वर्षीया महिलाले बालककी हजुरआमासँग बच्चा खेलाउँछु भन्दै मागेकी थिइन्। ती महिलाले झुक्क्याएर बच्चा लिएर बेपत्ता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

सर्लाहीको रामनगर गाउँपालिका–३ बहुअर्वा निवासी रिन्कु देवीको शल्यक्रिया गरेर शनिबार राति ११ बजे शिशुको जन्म भएको थियो। नवजात बालक अस्पतालबाट चोरी भएको सूचना पाउने बित्तिकै प्रहरीले खोजी तीव्र पारेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्