रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ५८ पुग्यो, ४ हजार ६०६ अझै बेपत्ता

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १६ भदौ । रसुवामा आएको बाढीका कारण मृत्यु भएका १ हजार ५८ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। मंगलबार दिउँसो २ बजेसम्म प्रहरीले उक्त संख्यामा शव फेला पारेको हो।

प्रहरीका अनुसार फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ३९० वटा आंशिक अंग भएका शव रहेका छन्।

फेला परेका शवमध्ये ९७२ शवको लास जाँच मुचुल्का भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, ५८ शव आफन्तलाई हस्तान्तरण गरिएको छ भने पहिचान खुल्न नसकेका ६८४ शव जमिनमुनि व्यवस्थापन गरिएको प्रहरीले उल्लेख गरेको छ।

प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार रसुवा बाढीमा परी हालसम्म ४ हजार ६०६ जना सम्पर्कविहीन छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्