बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार प्रगतिबारे ऊर्जा र पूर्वाधारमन्त्रीले लिए सेनासँग ब्रिफिङ

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाहरूमा भइरहेको खोज तथा उद्धारको प्रगतिबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी लिएका छन् ।

ऊर्जामन्त्री श्रेष्ठको कार्यकक्षमा नेपाली सेनाका उच्च अधिकारीले खोज तथा उद्धारको पछिल्लो प्रगति विवरण मन्त्रीद्वय श्रेष्ठ र लम्साललाई ब्रिफिङ गरे ।

उनीहरुले बाढीबाट प्रभावित हरेक जलविद्युत आयोजना र सुरुङमार्गमा चलिरहेको अपडेट लिएका थिए ।

उद्धार अभियानबारे जानकारी लिँदै मन्त्रीद्वय श्रेष्ठ र लम्सालले आगामी रणनीतिबारे छलफल गरेका छन् । ब्रिफिङमा प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंह पनि सहभागी थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्