काठमाडौं । बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन प्रयोग गरिने ड्रोन त्रिशूलीमा परीक्षण गरी प्रयोगमा ल्याइएको छ। चीन सरकारले नेपाललाई बाढी प्रभावित क्षेत्रमा खाद्यान्न तथा अन्य राहत सामग्री ढुवानीका लागि चारवटा ड्रोन उपलब्ध गराएको हो।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार ती ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ। एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन अब रसुवालगायत बाढी प्रभावित क्षेत्रमा परिचालन गरिनेछ।
बाढीका कारण सडकमार्ग क्षतिग्रस्त भएका तथा हेलिकप्टरबाट समेत पहुँच पुर्याउन कठिन भएका क्षेत्रमा राहत सामग्री ढुवानी गर्न ड्रोन प्रभावकारी हुने अपेक्षा गरिएको छ।
दुर्गम तथा सडक सम्पर्क विच्छेद भएका बाढी प्रभावित बस्तीमा खाद्यान्न, औषधि तथा आवश्यक राहत सामग्री छिटो पुर्याउन ड्रोनको प्रयोग उपयोगी हुने बताइएको छ।
तस्वीरहरु:

















