अहिलेको बजेटले दिर्घकालिन रुपमा राम्रो नतिजा ल्याउने अर्थमन्त्री महतकाे दावी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ८ साउन । अर्थमन्त्री डा प्रकाशशरण महतले अहिलेको बजेटले दिर्घकालिन रुपमा राम्रो नतिजा ल्याउने दावी गर्नुभएको छ ।

नेपाल प्रेस युनियन रुपन्देहीले सोमबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले नयाँ मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्र चलायमान हुने भन्दै अर्थतन्त्रमा देखिएको समस्या समाधान हुने दावी गर्नुभयो । उहाँले मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्र लगायत बजार चलायमान हुने जिकिर गनुभयो ।

उहाँले सरकारले सुशासनलाई केन्द्रमा राखेर काम गरिरहेकाले सुन प्रकरण लगायतका भष्ट्रचारका मुद्धाहरुलाई जरैदेखी पुगेर अनुसन्धान गरिरहेको दाबी गर्नुभयो । उहाले सूचना प्राप्त भएका कारण नै अवैध सुनलाई नियन्त्रणमा लिएको र आगामी दिनमा भन्सारमा देखिने कमजोरी हटाउन प्रविधिको विस्तारमा ध्यान दिईने जिकिर गर्नुभयो ।

कांग्रेसका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. महतले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गरेर नयाँ प्रयोग गरेको बताउनुभयो । उहाँले प्रत्यक्ष प्रसारणले कांग्रेसको यथार्थता जनताले बुझेको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्