रविलाई गगनको जवाफ- रास्वपामा काँग्रेसको लगानी छ

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्व तहमा रहेका अधिकांश काँग्रेसकै उत्पादन भएको बताएका छन् ।

१५ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले रास्वपाको पार्टी संरचनामा काँग्रेसको ठूलो लगानी रहेको व्यंग्यात्मक टिप्पणी गरेका हुन् । त्यसअघि रास्वपा सभापति रवि लामिछानेले काँग्रेसका नेता-कार्यकर्ताले समेत चुनावमा आफूहरूलाई मत दिएको प्रसंग निकालेका थिए ।

जवाफमा गगनले भने- ‘अघि नै रविजीले यहाँ केही साथीहरूले रास्वपामा मत दिएको प्रसङ्ग उठाउनु भयो । हामीलाई त्यसको खासै चिन्ता छैन । संसद्भित्र हेर्नुभयो भने पनि थुप्रै साथीहरू हिजो कांग्रेसकै मञ्चमा प्रशिक्षित भएर आज त्यहाँ पुगेका छन् ।’

रास्वपाभित्र आफ्नो पार्टीमा प्रशिक्षण लिएर गएकाहरूको बाहुल्यता रहेको जिकिर गर्दै उनले ती व्यक्तिहरूलाई राम्रै कुरा सिकाएर पठाएको स्मरण गराए । ‘रास्वपाको नेतृत्वदेखि तलसम्म पनि हिजो काँग्रेसकै मञ्चमा ताली बजाएर हुर्किएका र हामीले राजनीतिक संस्कार सिकाएर पठाएका थुप्रै साथीहरू हुनुहुन्छ’, भने, ‘त्यसैले यसमा पनि हाम्रो कुनै गुनासो छैन, राम्रा कुरा सिकाएरै पठाएका छौँ । म यसभन्दा बढी केही भन्दिनँ ।’

रास्वपाको उदय र त्यहाँ रहेका आफ्ना पूर्व कार्यकर्ताहरूप्रति काँग्रेस सचेत रहेको र यसलाई स्वाभाविक रूपमा लिएको गगनले स्पष्ट पारे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी