अदृश्य शक्तिको इसारामा कांग्रेस फुटाउन विशेष महाधिवेशन गरियो : प्रकाशमान सिंह

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२२ असोज, काठमाडौं । कांग्रेस देउवा समूहका नेता प्रकाशमान सिंहले अदृश्य शक्तिको इसारामा पार्टीलाई विभाजन गराउन विशेष महाधिवेशन गराइएको दाबी गरे ।

बिहीबार देउवा पक्षको काठमाडौं महानगर अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।

‘यो कांग्रेसको मागमा यो भएको होइन । कोही व्यक्ति विशेषको महत्वाकांक्षा र केही अदृश्य शक्ति, राष्ट्रियता र प्रजातन्त्रलाई कमजोर पार्ने शक्तिहरूको इन्ट्रेस्टमा कांग्रेस विभाजन गर्नका लागि विशेष महाधिवेशन गरिएको हो,’ उनले भने ।

विशेष महाधिवेशन गर्नेहरूलाई ‘गल्ती गरेकाहरू’ भन्दै टिप्पणी गर्दै नेता सिंहले उनीहरूको पछि नलाग्न आग्रह गरे ।

‘गल्ती गरेकाहरूको साथ दिएर अझ बलियो बनाउन पछिपछि लाग्ने कि, होइन, यसमा ठिक भएको छैन भनेर हाम्रा नेताले देखाएको बाटोअनुसार बेठिकलाई बेठिक र ठिकलाई भनेर आफू लडेर शतप्रयास गर्ने ?,’ उनले प्रश्न गरे ।

त्यही शतप्रयासअनुसार आफूले नियमित महाधिवेशन गरिरहेको उनले दाबी गरे ।

शेरबहादुर देउवाको नेतृत्व र केन्द्रीय कार्यसमितिले विधान र नियम अनुसार नै आवश्यक र निर्णयहरू गर्दै अगाडि बढ्ने नेता सिंहले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी