मंसिरको पहिलो साता २० हजार कार्यकर्ता काठमाडौंमा उतार्ने एमालेको दाबी

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले मंसिरको पहिलो साता काठमाडौं हुने राष्ट्रिय भेलामा करिब २० हजार कार्यकर्ता उतार्ने बताएका छन्।

स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीभित्र देखिएका अन्तर्विरोध समाधान गरिएको र नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणका विषयमा पनि स्पष्ट धारणा बनाइएको बताए।

पुरानो पुस्ताले गरेको योगदान र निर्वाह गरेको भूमिकाको सम्मान गर्दै नयाँ पुस्तालाई क्रमशः योग्य र क्षमतावान् बनाएर जिम्मेवारी दिने नीति पार्टीले लिएको उनले बताए। पार्टीको विद्यमान वैधानिक व्यवस्थालाई कायम राखिने उनको भनाइ छ।

एमाले अब सङ्गठनात्मक कामसँगै जनताका सरोकारका विषयमा बढी केन्द्रित हुने बताए। पार्टीले महँगी, भ्रष्टाचार र अनियमितताविरुद्ध आन्दोलन गर्ने तयारी गरेको पनि बताए।

एमालेले आगामी मंसिर २७ गते सबै वडा अधिवेशन र पुस ४ गते सबै पालिका अधिवेशन गर्ने निर्णय गरेको पनि बस्नेतले बताए। मंसिरको पहिलो साता काठमाडौंमा करिब २० हजार जनाको उपस्थितिमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिने उनले बताए।

उनले वर्तमान सरकारलाई अधिनायकवादी भन्दै सामाजिक न्याय, जनताका सरोकारका विषय तथा भ्रष्टाचार र महँगीविरुद्ध सशक्त आन्दोलन गर्ने आधार तयार पारिने बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी