कांग्रेस सभापतिमा गगनकुमार थापा निर्वाचित

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार भएको मतदानपछि काठमाडौंको राष्ट्रिय सभागृहमा राति अबेरदेखि सुरु भएको मतगणना भर्खरै सकिएको हो। महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमले मतगणना सकिएको जानकारी दिएका छन्।

उनका अनुसार सभापतिमा निर्वाचित थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाएका छन्। कुल ५४ मत बदर भएको थियो।

निर्वाचन समितिका अनुसार ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधि रहेकामा ७ हजार ३९ जनाले मतदान गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्