पूर्वसांसद एवं नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । पूर्वसांसद एवं नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनको केहीबेरअघि कीर्तिपुर अस्पतालमा निधन भएको हो ।

कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल ल्याइपुर्‍याउँदा नै निधन भइसकेको थियो ।

‘आकस्मिक कक्षमा जाँच गर्दा उहाँको निधन भइसकेको थियो,’ नकर्मीले भने ।

पौडेल एमालेको राजनीतिमा लामो समय सक्रिय थिए । एमालेबाट माधवकुमार नेपालको समूह अलग भएपछि उनी एकीकृत समाजवादीमा आबद्ध भएका थिए । एकीकृत समाजवादी र तत्कालीन माओवादीबीच एकता प्रक्रिया अघि बढेपछि त्यसमा असहमति जनाउँदै उनी नेकपा संयुक्तमा सक्रिय भएका थिए ।

उनले जनता टेलिभिजनसमेत सञ्चालन गर्दै आएका थिए । उनी पुराना वामपन्थी नेता मोदनाथ प्रश्रितका छोरा हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी