एसिया कपको तयारीमा रहेको नेपालले आज श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौ, १० साउन । एसिया कपको तयारीमा रहेको नेपालले आज श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दैछ।

नेपाली क्रिकेट टोलीले श्रीलंकाको स्थानीय टोली ब्लूमफिल्ड क्रिकेट एण्ड एथ्लेटिक क्लबसँग अभ्यास खेल खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

नेपाल र स्थानीय क्लबबीच आजको खेल बिहान १० बजे ब्लूमफिल्डमा शुरु हुनेछ ।

ब्लूमफिल्ड टोलीमा श्रीलंकाबाट खेलिसकेका खेलाडी पनि छन् । नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्नेछ ।

नेपालले एक महिनापछि श्रीलंका र पाकिस्तानमा एसिया कप खेल्नेछ । नेपाल र पाकिस्तानबीचको खेल भदौं १३ मा मुल्तानमा हुनेछ ।

त्यसपछि भारतसँग हुने खेलका लागि नेपाल श्रीलंका जानेछ । नेपाल र भारतबीचको खेल भदौं १८ मा हुनेछ ।

समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्