रास्वपाले खोल्यो ‘नगरपालिका उम्मेदवार क्लब’को आवेदन

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि ‘नगरपालिका उम्मेदवार क्लब’को आवेदन खुला गरेको छ।

पार्टीले आजदेखि आवेदन खुला गरेको जानकारी दिँदै नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व गर्न इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरेको हो।

इच्छुक व्यक्तिले रास्वपाको आधिकारिक मोबाइल एपमा प्रवेश गरेर आवेदन दिन सक्ने पार्टीले जनाएको छ।

आवेदनका लागि पार्टीको आधिकारिक एप प्रयोग गर्न सकिने रास्वपाले जानकारी दिएको छ।

एपको लिंक- https://rspnepal.page.link/app

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्