ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

सुनसरी। धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

धरान उपमहानगरपालिका-८ भोटेपुलस्थित कोशी लोकमार्गमा आज दिउँसो धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-०५९ प ३०९३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको प्रदेश १-०२-००२ ख ०९५९ नम्बरको ट्रकले ठक्कर दिँदा धनकुटा नगरपालिका-९ बेलहराका ३६ वर्षीय दीपेन्द्रराज राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

दुर्घटनापछि ट्रक चालक भोजपुरको षडानन्द नगरपालिका-१३ बोयाका ३५ वर्षीय नानीकाजी श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ।

मृतकको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्