कात्तिक १५ देखि नागढुङ्गा सुरुङ मार्गमा टोल शुल्क, कुन सवारीले कति तिर्नुपर्छ?

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले कात्तिक १५ गतेदेखि सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) सङ्कलन सुरु गर्ने भएको छ।

सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय तथा नेपाल राजपत्रमा २०७२ चैत २६ गते प्रकाशित सूचनाबमोजिम टोल शुल्क उठाउन लागिएको हो।

निर्धारित दरअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौँबाट बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

त्यसैगरी, मिनीबस तथा मिनी ट्रिपर वा ट्रकले काठमाडौँ प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

सिङ्गल रियर एक्सल भएका बस तथा ट्रकका लागि काठमाडौँ प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

त्यस्तै, मल्टिएक्सल ट्रक, अन्य भारी सवारीसाधन तथा भारी उपकरणले काठमाडौँ प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्