काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक राजनीतिक तथा अन्य विषयमा छलफल गर्न बैठक बस्न लागेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।
बैठक बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय घन्टीघरमा बस्नेछ।




