महानगर–उपमहानगरपालिकाको वडाध्यक्ष र सदस्यमा उम्मेदवारीका लागि रास्वपाले आवेदन खुलायो

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचन उम्मेदवारका लागि आवेदन खुला गरेको छ ।

निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिको बैठकपछि विभिन्न उपसमिति गठन गर्दै उम्मेदवारी आवेदन खुला गरिएको हो ।

पार्टीका महामन्त्री एवं समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा वनस्थली, काठमाडौँस्थित केन्द्रीय कार्यालयमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले क्यान्डिडेट क्लबमा कविन्द्र बुर्लाकोटी, प्रविधिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी, समावेशिता तथा महिला सहभागितामा डा. तोसिमा कार्की, क्षमता विकास समन्वयमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसारमा मिलन लिम्बूलाई जिम्मेवारी तोकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी