१४ कात्तिक, काठमाडौं । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राईले सुर्खेतमा पार्टीका कार्यकर्तासँग भेटघाट तथा छलफल गरेका छन्।
वीरेन्द्रनगरस्थित अशोका होटलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका साम्पाङले वर्तमान राजनीतिक अवस्था, सुशासन, भ्रष्टाचार नियन्त्रण, युवा रोजगारी तथा आगामी निर्वाचनका विषयमा आफ्नो धारणा राखेका हुन् । उनले कर्णाली प्रदेशको विकास, प्राकृतिक स्रोतसाधनको सदुपयोग, स्थानीय उत्पादनको प्रवद्र्धन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएका छन् ।
साथै, पार्टीको संगठन विस्तार गर्दै जनताका समस्या समाधानका लागि सक्रिय रूपमा लाग्न उनले कार्यकर्तालाई विशेष आग्रह गरेको बताइन्छ । श्रम संस्कृति पार्टी सुर्खेतको आयोजनामा भएको उक्त भेटघाट कार्यक्रम पार्टीको संगठनात्मक गतिविधि विस्तार तथा समसामयिक राजनीतिक विषयमा कार्यकर्तासँग छलफल गर्ने उद्देश्यले आयोजना गरिएको बुझिएको छ ।
चार दर्जनबढी कार्यकर्ताको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता पार्टीका जिल्ला अध्यक्ष भूपेन्द्रबहादुर दर्लामीले गरेका थिए।




