१५ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई हराएको छ ।
जनकपुरले दिएको १४८ रनको विजयी लक्ष्य पछ्याएको पोखरा १३८ रनमै समेटियो । उसका लागि कप्तान कुशल भुर्तेलले ३५, चमिका करुणारत्नेले २० तथा विपिन खत्रीले १७ रन बनाए । बाँकी ब्याटरले उल्लेखनीय योगदान गर्न सकेनन् ।
यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको जनकपुरले ७ विकेटको क्षतिमा १४७ रन बनाएको थियो । जनकपुरका लागि तृतराज दासले अर्धशतकीय पारी खेले । उनले ५५ बलमा ७ चौका र २ छक्कासहित ६१ रन बनाए ।
यस्तै, मोइन अलीले १६ बलमा ३ चौका र १ छक्कासहित २१ रनको योगदान दिए । अभिषेक तिवारीले २४ रनमा अविजित रहे ।
पोखरा एभेन्जर्सका लागि शाकिब अल हसनले चार ओभरमा १५ रन दिएर सर्वाधिक ३ विकेट लिए । यस्तै, चमिका करुणारत्नेले २ तथा मेहदी हसन र मोहम्मद सैफउद्दिनले समान १–१ विकेट लिए ।
जारी संस्करणमा यो जनकपुर दोस्रो जितको हाे भने पोखराको दोस्रो हार ।




